लोड हुँदैछ...

मेनु

दमकमा एक व्यक्तिको शव

दमकमा एक व्यक्तिको शव

विराटनगर । झापाको दमक ७ मा एक व्यक्तिको शव फेला परेको छ ।

सवारी दुर्घटनामा परेर मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । मृतक गौरादह १ का विनोद राई भएको खुलेको छ । राई सवार बागमति प्रदेश ०२–०१७ प ३३४४ नम्बरको पल्सर मोटरसाइकल सडकको पूर्वतर्फ ढलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds