लोड हुँदैछ...

मेनु

विश्वविद्यालयका पूर्व निर्देशकदेखि बिग होटल डाइरेक्टरसम्म क्यासिनोबाट पक्राउ

विश्वविद्यालयका पूर्व निर्देशकदेखि बिग होटल डाइरेक्टरसम्म क्यासिनोबाट पक्राउ

विराटनगर । विराटनगरस्थित होटल बिग र होटल रत्नामा सञ्चालित क्यासिनोमा प्रहरीले आइतबार मध्यरातमा छापा मार्दा उच्च पदस्थ व्यक्तिसहित २० जना नेपाली जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्व डाइरेक्टर तेजराज गिरीदेखि बिग होटलकै डाइरेक्टर हरी भट्टराईसम्म रहेका छन् ।

नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको कानुनी व्यवस्थालाई लत्याउँदै यी क्यासिनोहरूले लामो समयदेखि नेपालीलाई निर्वाध रूपमा जुवा खेलाउँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले अपरेसनु चलाउँदा रत्ना होटलको च्याम्पियन जोन क्यासिनोबाट १४ जना र बिग होटलको गोल्डेन क्यासिनोबाट ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम समेत छन् ।

पक्राउ पर्नेहरूको नामावली
प्रहरीका अनुसार पक्राउ विवके कुमार मण्डल, कृष्ण कुर्मी, राज लामा, रुपेश दाहाल, आदेश विक, महोमद जागिर हुसेन, घनश्याम शर्मा, सुरज राय, सान्तोष बस्नेत, प्रमोद घिमिरे, पवन गोस्वामी, साजन साह र सुरेन्द्र बहादुर चन्द रहेका छन् । पक्राउ परेका मध्ये १७ जनामाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ भने ३ जना क्यासिनो कर्मचारीलाई थप अनुसन्धानपछि प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

विराटनगरका यी क्यासिनोहरूले विदेशीका लागि मात्रु भनिएको अनुमति पत्रको दुरुपयोग गर्दै नेपालीका घरबार उजाड्ने गरी जुवा खेलाइरहेको गुनासो बढेपछि प्रहरीले यो विशेष अप्रेशन चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds