लोड हुँदैछ...

मेनु

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ खुल्दै, न्युनतम ४१ हजार ४० रुपैयाँ लाग्ने

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ खुल्दै, न्युनतम ४१ हजार ४० रुपैयाँ लाग्ने

विराटनगर । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको आइपिओको बाँडफाँट गरेपछि सर्वसाधारणहरुका लागि सेयर निस्कासन गर्न लागेको हो ।

कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको प्रतिसेयर मूल्य ८२० रूपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ताका लागि आवेृदन दिनुपर्नेछ । न्यूनतम ५० कित्ता सेयर माग गर्ने आवेदकले कम्तिमा पनि ४१ हजार ४० रुपैयाँ लगानी गर्न तयार हुनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५० र अधिकतम २० हजार कित्ताका लागि पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।