विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार बन्न निवेदन दिएकी राजलक्ष्मी गोल्छा सो पार्टीले आयोजना गरेको आकांक्षीहरुको छलफलमा अनुपस्थित भएकी छिन् ।
सुनसरीको इटहरीमा शनिबार आयोजित छलफलमा उनी सहभागी नभएको रास्वपा स्रोतले बतायो । उनी अनुपस्थित भएसँगै उनको नाम समानुपातिक सूचीबाट हट्ने भएको छ ।
कोशी प्रदेशबाट रास्वपाबाट उम्मेदवारीका लागि ६० जना आकांक्षीहरु थिए । जसमा राजलक्ष्मीको नाम पनि थिए । यसअघि एमालेबाट समानुपातिक सांसद बनेकी गोल्छा अहिले रास्वपा प्रवेश गरेर उम्मेदवार बन्न खोजेको बताइन्छ ।
छलफलमा केन्द्रले समानुपातिक उम्मेदवार नरहेका नेताहरुलाई सहजकर्ता तोकेको थियो । कोशीमा विपिनकुमार आचार्य, निशा डाँगी, अशोककुमार चौधरी र सरिन तामाङ सहजकर्ता थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।