लोड हुँदैछ...

मेनु

रास्वपा केन्द्रीय समितिको बैठकमा के भयो छलफल ?

रास्वपा केन्द्रीय समितिको बैठकमा के भयो छलफल ?

विराटनगर । पार्टी सभापति रवि लामिछाने जेलबाट छुटेलगत्तै आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बसेको छ ।

बैठकमा पार्टी सभापति लामिछानेले कार्यवाहक सभापति डोल प्रसाद अर्यालले पार्टीलाई सङ्गठित र अनुशासित रूपमा सम्हालेकामा धन्यवाद दिएका थिए । लामिछानेले पार्टीका विभिन्न तह,तप्कामा रही आफ्नो जिम्मेवारी पूरा गर्ने सबैप्रति आभार व्यक्त गरे ।

लामिछानेले भने, ‘हामी अहिले उत्साहित हुन सक्छौँ तर उत्सव मनाउने बेला होइन। अझै धेरै सङ्घर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ ।’ साथै उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सबैलाई संयमित र अनुशासित हुन अनुरोध समेत गरे । लामिछानेले भावुक हुँदै डिपी अर्यालसम्बन्धी एउटा प्रसङ्गको समेत चर्चा गरे ।

लामिछानेले भने, ‘एक पटक पार्टी कार्यवाहक सभापति डीपी अर्याल उहाँलाई भेट्न नख्खु कारागार पुग्नुभएको थियो । कार्यवाहक सभापति डीपी अर्यालले लामिछानेलाई भने पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ । तपाईँ बाहिर जानुस्’ त्यस्तो गर्न पाए म तयार छु ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds