इनरुवा । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेकामध्ये ४९४ जना कैदी अझै फरार रहेका छन् । आन्दोलनका बेला कारागारमा तोडफोड भएपछि एक हजार ७९६ कैदीबन्दी भागेका थिए, जसमध्ये अधिकांश फर्किए पनि ठुलो सङ्ख्या अझै सम्पर्कबाहिर रहेको हो ।
झुम्का कारागारका प्रमुख सुवास लामिछानेले फरार कैदीबन्दीको व्यापक खोजतलास भइरहेको बताए । उनका अनुसार कारागारबाट भागेकामध्ये केही आफैँ फर्किएका थिए भने केहीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । हाल कारागारमा १ हजार ३७० जना कैदीबन्दी छन्, जबकि यसको क्षमता १ हजार ६ सयको हो । कारागारमा रहेकामध्ये १५९ जनाले मानसिक रोगको उपचार गराइरहेको जानकारी उनले दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।