लोड हुँदैछ...

मेनु

बिर्तामोडमा सवारी दुर्घटनामा २ को मृत्यु

बिर्तामोडमा सवारी दुर्घटनामा २ को मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

आज साँझ करिब साढे पाँच बजेको समयमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला झापा भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भुपाल अधिकारी र मोटरसाइकलमा सवार हालसम्म नाम, थर र वतन नखुलेका करिब २५–२६ वर्ष उमेरका एक पुरुष गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएकोमा चिकित्सकले साँझ ६ः१५ बजे दुवै जनालाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मृतकको शव हाल सोही अस्पतालको शव गृहमा राखिएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds