विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तीन जनालाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरी, मोरङका प्रहरी सहायक निरीक्षक नमराज कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) का प्रहरी सहायक हवल्दार टिका राम निरौलालाई संयुक्त रूपमा मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) चयन गरेको हो।
प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्कीले उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्दै सुनसरीको रामधुनी नगरपालिका–२ का सिटी सफारी चालक ४५ वर्षीय दिनेश कुमार चौधरीको हत्या घटनाको मुख्य योजनाकार नन्दकिशोर साहसहित ७ जनालाई पक्राउ गरी कानूनी कारबाहीमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
त्यस्तै, प्रहरी सहायक निरीक्षक नमराज कार्की र प्रहरी सहायक हवल्दार टिका राम निरौलाले मोरङको लेटाङ नगरपालिका–२ मा १२ वर्षीया अंशु गौतमको हत्या घटनाको अनुसन्धानमा उल्लेखनीय भूमिका निभाउँदै संलग्न पदम बहादुर अधिकारीलाई नियन्त्रणमा लिएर कानूनी कारबाहीमा ल्याउन योगदान दिएका छन्।
उक्त प्रहरीले आफ्नो पदीय दायित्व उच्च स्तरमा निभाएसँगै आम नागरिक र जनमानसमा शान्ति सुरक्षा कायम राख्न विशेष योगदान पुर्याएको भन्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।