लोड हुँदैछ...

मेनु

अमेरिकी डलरको भाउमा उतारचढाव, आज फेरि घट्यो

अमेरिकी डलरको भाउमा उतारचढाव, आज फेरि घट्यो

विराटनगर । नेपाली बजारमा अमेरिकी डलरको भाउमा पछिल्लो एक सातादेखि तीव्र उतारचढाव देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार डलरको भाउ फेरि ओरालो लागेको छ।

राष्ट्र बैंकका अनुसार शुक्रबार डलरको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा कायम भएको छ। यो बिहीबारको तुलनामा २३ पैसाले कम हो ।

पछिल्लो पाँच दिनको तथ्यांक हेर्दा डलरको मूल्य स्थिर देखिँदैन । यस साता डलरको कारोबारमा निकै अस्थिरता देखिएको छ । हप्ताको सुरुवात सोमबार प्रति डलर १४४ रुपैयाँ ९७ पैसा रहेको भाउ मंगलबार बढेर १४५ रुपैयाँ ४८ पैसा पुगेको थियो भने बुधबार यो साताकै उच्च विन्दु १४५ रुपैयाँ ९५ पैसा कायम भएको थियो । तर, बुधबारपछि डलरको भाउ लगातार ओरालो लाग्ने क्रममा बिहीबार १४४ रुपैयाँ ९२ पैसामा झरेको मूल्य शुक्रबार पुनः घटेर १४४ रुपैयाँ ६९ पैसामा सीमित भएको छ । यसरी पाँच दिनको अन्तरालमै डलरको भाउमा करिब १ रुपैयाँ २६ पैसाको उतारचढाव देखिएको छ ।

डलरसँगै अन्य मुख्य मुद्राको विनिमय दर पनि फेरबदल भएको छ। शुक्रबारका लागि युरोपियन युरोको बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङको १९३ रुपैयाँ २० पैसा र भारतीय रुपैयाँ १०० को बिक्रीदर स्थिर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै बेला संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।