लोड हुँदैछ...

मेनु

प्रहरीमाथि हातपात गरेपछि पक्राउ परे बुढीगंगाका नगर प्रहरी इन्चार्ज

प्रहरीमाथि हातपात गरेपछि पक्राउ परे बुढीगंगाका नगर प्रहरी इन्चार्ज

विराटनगर । प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेन्द्र थापा मगर पक्राउ परेका छन् ।

गाउँपालिकामा प्रहरी सहायक निरिक्षक पदमा कार्यरत मगरले विराट टिचिङ अस्पतालका सेक्युरिटी गार्डलाई हातपात गरेका थिए । त्यस क्रममा सुरक्षामा खटिएका प्रहरीलाई पनि उनले कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मादक पदार्थ सेवन गरी अस्पताल हाताभित्र अभद्र व्यवहार गरेका कारण मगरलाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता कोपिला चुँडालले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।