लोड हुँदैछ...

मेनु

झापा, मोरङ र सुनसरीबाट लागुपदार्थसहित ६ जना पक्राउ

झापा, मोरङ र सुनसरीबाट लागुपदार्थसहित ६ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको लेटाङ नगरपालिका–५ का धिरज न्यौपानेलाई ९ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै, झापाको दमक–६ का बिरबहादुर पौडेल १ ग्राम २३० मिलिग्राम र कन्काई नगरपालिका–६ का गोपाल राजबंशी १७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

उता सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का विशाल राईलाई पनि ५८० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, सुनसरी जिल्लाको धरानका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित थप दुई जना पक्राउ परेका छन् । चेकजाँचको क्रममा प्रहरीले धरान–५ का समिर राईलाई डिकोलिक र स्पास्पेन गरी ८ हजार २४७ ट्याब्लेट सहित र धरान–१६ का संजय तामाङलाई ट्रामाडोल १६७ ट्याब्लेट तथा स्पास्पेन ५७२ क्यासुल सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।