विर्तामोड । भद्रपुरमा दुई नाबालिकामाथि जबरजस्ती करणी भएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न अर्का अभियुक्त फरार छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ का २३ वर्षीय विवेक राई पक्राउ परेका हुन् ।
सोही घटनामा संलग्न अर्का युवक अक्षय सापकोटा फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंसिर २८ गते दिउँसो भद्रपुर नगरपालिका–५ स्थित एक घरमा १५ र १३ वर्षीया दुई नाबालिकालाई फरक–फरक कोठामा लगेर जबरजस्ती करणी गरिएको उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको हो ।
पीडित पक्षको जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको छ। घटनापछि पीडित नाबालिकाको मेची प्रादेशिक अस्पताल, भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले फरार अभियुक्तको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।