विराटनगर । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अहिलेसम्ममा ३५० मत खसेको छ । बिहान ९ बजेर २० मिनेटदेखि सुरु भएको मतदानमा साढे ११ बजेसम्ममा ३५० ले मत खसालेका हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा मतदान जारी छ । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन मध्यरातसम्म लाग्ने अनुमान गरिएको छ ।
अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान गरेर मतदानको सुरुवात गरेका थिए । एमालेको नयाँ नेतृत्व चयनका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोग गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।