लोड हुँदैछ...

मेनु

एमालेको जारी ११ औं महाधिवेशन

मोरङका दर्जन बढि नेताहरु एमालेको महाधिवेशनका उम्मेदवार

मोरङका दर्जन बढि नेताहरु एमालेको महाधिवेशनका उम्मेदवार

विराटनगर । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा मोरङका दजनौंले उम्मेदवारी दर्ता गराएका छन् । मोरङबाट नेतृत्वमा पुग्न तीन जनाले पदाधिकारी र दर्जनौंंले सदस्यमा उम्मेदवारी दिएका हुन् ।

आज हुने निर्वाचनमा केपी शर्मा ओलीले र इश्वर पोखरेलले प्यानल बनाएर उम्मेदवारी दिउका छन् । ओलीको प्यानलबाट गुरु बरालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने पोखरेलको प्यानलबाट विनोद ढकालले सचिवमा उम्मेदवारी दिएका छन् । यस्तै ओली समूहबाट भानुभक्त ढकाल पनि सचिवको उम्मेदवार बनेका छन् । बराल बहालवाला उपाध्यक्ष हुन् ।

विगतमा ओली समूहमा रहेपनि ओलीले केन्द्रीय सदस्यको मात्र उम्मेदवार बनाएपछि लालबाबु पण्डितले स्वतन्त्र रुपमा सचिवको उम्मेदवारी दिएका छन् । उनी कुनै पनि समूहमा छैनन् ।

मोरङमा ओली पक्षबाट जीवन घिमिरे भुगोलतर्फ र ऋषिकेश पोखरेल खुल्लातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । घिमिरे पूर्वकेन्द्रीय सदस्य र पोखरेल पुर्वजिल्ला अध्यक्ष हुन् । यस्तै, महिला कोटातर्फ विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्की ओली समूहबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन् । ओली समूहबाटै रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया ओली समूहबाटै मधेशी कोटाको उम्मेदवार बनेका छन् ।

एमाले निकट खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले पनि खुल्लातर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । ओली समूहकै उनको नाम समूहको आधिकारिक सुचीमा भने छैन ।

पोखरेल समूहबाट मोरङका युवराज बाँस्कोटा र लिलाबल्लभ अधिकारी पनि केन्द्रीय सदस्यको उम्मेदवार छन् । बाँस्कोटा यसअघि पनि केन्द्रीय सदस्य थिए भने अधिकारी कोशी प्रदेशसभा सदस्य हुन् । सोही समूहबाट मनोज अग्रवाल मधेशी कोटामा, सत्यनारायण चौधरी थारु कोटामा र खेम नेपाली दलित कोटामा केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

यस्तै केन्द्रीय अनुशासन आयोगको सदस्यमा पोखरेल समूहका पितकुमार श्रेष्ठ, ओली समूहबाट राजकुमारी इङ्नाम, केन्द्रीय लेखा आयोगमा महेशप्रसाद भट्टराईसमेत उम्मेदवार बनेका छन् ।

नेतृत्वको चयनको लागि आजैबाट मतदान सुरु हुने र भोलिसम्म परिणाम सार्वजनिक हुने एमाले निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds