सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ उम्मेदवारका नाम सिफारिस गरेको छ।
कांग्रेस सोलुखुम्बुले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३ जना, समानुपातिकतर्फ ८ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो।
प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवारका रूपमा बलबहादुर केसीको नाम पुनः सिफारिस भएको छ । यस्तै, आङगेलु शेर्पा, विनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रीन र रीना उप्रेतीको नाम सिफारिस गरिएको छ।
यस्तै, प्रतिनिधि सभा समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पुजा फुयाँल र दुर्गाप्रसाद दर्जीको नाम पठाइएको छ। राष्ट्रिय सभातर्फ भोजराज कार्की र धर्म नेपालीको नाम सिफारिस गरिएको छ।
पार्टी केन्द्रको निर्देशन र विधान विपरीत नाम सिफारिस गरिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। पार्टी विधानअनुसार एक महिला सहित तीन जनाको मात्रै नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, सोलुखुम्बु कांग्रेसले सो निर्देशन पालना नगरेको बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।