लोड हुँदैछ...

मेनु

एमाले ११औँ महाधिवेशन : पदाधिकारीको १९ पदमा ४२ जनाको उम्मेद्वारी (सूचीसहित)

एमाले ११औँ महाधिवेशन : पदाधिकारीको १९ पदमा ४२ जनाको उम्मेद्वारी (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन कार्यतालिका अनुसार सोमबार मनोनयन दर्ता कार्य सम्पन्न भएको छ भने निर्वाचन समितिले सोमबार राति उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

सार्वजनिक विवरण अनुसार पार्टीको शीर्ष पद अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा अध्यक्ष पदका लागि उहाँहरू दुई जनाको मात्र उम्मेदवारी परेको छ।

त्यस्तै, महासचिव पदमा पनि रोचक प्रतिस्पर्धा हुने भएको छ। महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे गरी दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ।

पदाधिकारीका अन्य पदहरूमा आकांक्षीहरूको संख्या उच्च देखिएको छ। उपाध्यक्ष पदका लागि ११ जना नेताहरूले उम्मेदवारी दिएका छन् भने उपमहासचिवमा ७ जना र सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिले उम्मेदवारी फिर्ता र दाबी विरोधको समयपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको सूची यस प्रकार छ:

१. अध्यक्ष
१. ईश्वर पोखरेल
२. केपी शर्मा ओली

२. उपाध्यक्ष
१. अरुण नेपाल
२. गुरु प्रसाद बराल
३. गोकर्ण राज विष्ट
४. टंक प्रसाद कार्की
५. परशुराम मेघी गुरुङ
६. पृथ्वी सुब्बा गुरुङ
७. भीम प्रसाद आचार्य
८. रघुजी पन्त
९. राम बहादुर थापा (बादल)
१०. डा. विन्दा पाण्डे
११. विष्णु प्रसाद पौडेल

३. महासचिव
१. शंकर पोखरेल
२.सुरेन्द्र पाण्डे

४. उपमहासचिव
१. आनन्द प्रसाद पोखरेल
२. योगश भट्टराई
३. रघुवीर महासेठ
४. राजेन्द्र प्रसाद गौतम
५. लेखराज भट्ट
६. विष्णु प्रसाद रिमाल
७) वैजनाथ चाैधरी

५. सचिव (२० जना)
१. अग्नि प्रसाद खरेल
२. इन्द्रलाल सापकोटा
३. कर्ण बहादुर थापा
४. कृष्ण गोपाल श्रेष्ठ
५. खगराज अधिकारी
६. गोकुल प्रसाद बास्कोटा
७. छविलाल विश्वकर्मा
८. ठाकुर प्रसाद गैरे
९. पद्मा कुमारी अर्याल
१०. पुरुषोत्तम पौडेल
११. पेम्बा लामा
१२. भानुभक्त ढकाल
१३. महेश बस्नेत
१४. यामलाल कंडेल
१५. रचना खड्का
१६. राजन भट्टराई
१७. लालबाबु पण्डित
१८. विनोद प्रसाद ढकाल
१९. शेरधन राई
२०. हिक्मत कुमार कार्की

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds