विराटनगर । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि हुने मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । जसका लागि १०० वटा विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको सो पार्टीले जनाएको छ ।
महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने जनाइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।
मतदानस्थलमा १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको छ । एमाले पार्टीको नयाँ नेतृत्वका लागि भोलि अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।