लोड हुँदैछ...

मेनु

ताजिम अन्सारीसहित हाजिरी जमानीमा रिहा

ताजिम अन्सारीसहित हाजिरी जमानीमा रिहा

विराटनगर । गत २४ भदौको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका नेपाली कम्युनिष्ट पार्टीका युवा नेता ताजिम अन्सारीसहित ९ जना हाजिरी जमानीमा रिहा भएका छन् ।

अन्सारी गत १४ मंसिरमा पक्राउ परेका थिए । अनुसन्धान प्रक्रिया पूरा भइसकेका कारण पक्राउ परेकाहरूलाई हाजिरी जमानीमा सोमबार छाडिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

उनका अनुसार ताजिम अन्सारी, आवाज पौडेल, अरुण साह सोनार, अनिल साह, पंकजकुमार कामत, चन्दन मण्डल, रोशन शर्मा, राजेश यादव र महेश नेपाल हाजिरी जमानीमा छुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds