लोड हुँदैछ...

मेनु

पतञ्जली जग्गा प्रकरण : सरकारी साक्षीहरूलाई झिकाउन आदेश

पतञ्जली जग्गा प्रकरण : सरकारी साक्षीहरूलाई झिकाउन आदेश

विराटनगर । विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरी र उनी लगायत अरू आरोपितहरूलाई मुद्दा चलाउने निर्णय गर्दाको फाइल मगाउन आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २५ मंसिर २०६९ मा भएको निर्णय र उजुरी समेत मगाउन आदेश दिएको हो ।

विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालय मार्फत सरकारी साक्षीहरूलाई झिकाउन आदेश दिएको छ । अनि आरोपितहरूलाई पनि आफ्ना साक्षी पेश गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds