लोड हुँदैछ...

मेनु

ओली समूहमा अर्को विद्रोह, गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दिने

ओली समूहमा अर्को विद्रोह, गौतमले पनि उपमहासचिवमा उम्मेदवारी दिने

विराटनगर। नेकपा एमालेका स्थायी कमिटि सदस्य राजेन्द्र गौतमले पनि उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

अध्यक्ष केपी ओली समूहबाट पदाधिकारीको दावेदर रहेका संंखुवासभाका गौतमलाई ओलीले केन्द्रीय सदस्यको मात्र उम्मेदवार बनाउने निर्णय गरेपछि उनले विद्रोह गरेका हुन् ।

गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । आफूले कुनै समूहमा आबद्ध नभई स्वतन्त्र रुपमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

गौतम ओलीको विश्वासपात्रको रुपमा चिनिएका थिए । उनी अहिले पार्टीको स्थायी समिति सदस्य र प्रचार विभाग प्रमुख छन् । पोलिटब्युरो सदस्य रहेका महेश बस्नेतहरुलाई पदाधिकारीको उम्मेदवार बनाउँदा आफूलाई नसमेटेपछि उनी असन्तुष्ट भएर उम्मेदवारी दिने भएका हुन् ।

यअसघि ओली समूहमै रहेका झापाका अग्नी खरेलले पनि सचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । ओलीले उनलाई पनि केन्द्रीय सदस्यको उम्मेदवार बनाएका छन् ।

‘मैले खोजेको पदाधिकारी हो, त्यसमा (अध्यक्षको सूचीमा) नाम छैन । म सचिव पदमा आफ्नो उम्मेदवारी दिन्छु’ खरेललले भने । खरेलले आफू कुनै अर्को समूह वा प्यानलबाट नभई नितान्त स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने स्पष्ट पारेका छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरूको विवेकमाथि आफूलाई विश्वास रहेको बताएका छन् । उनले महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने प्रवृत्तिको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds