विराटनगर । नेकपा एमालेको जारी ११ औं महाधिवेशनको लागि अध्यक्ष केपी शर्मा ओली पक्षले उम्मेद्वारहरु टुंगो लगाएको छ । जसमा कोशी प्रदेशबाट अध्यक्ष ओली, उपाध्यक्ष गुरुप्रसाद बराल, उपमहासचिव भानुभक्त ढकाल, सचिव हिक्मत कार्की र शेरधन राईसहित ५ जना पदाधिकारी उम्मेद्वार बन्ने भएका छन् ।
ओली पक्षले बाँकी २८२ जनाको केन्द्रीय सदस्यहरुको उम्मेद्वार पनि टुंगो लगाएको छ । जसमा कोशी प्रदेशबाट भुगोलतर्फका ९ जना उम्मेद्वारमा खुलातर्फ सोलुखुम्बुका मानवीर राई, मोरङका जीवन घिमिरे, झापाका रोमनाथ ओली, इलामका राम बहादुर मगर र झापाका इन्द्र भण्डारी रहेका छन् । यस्तै महिलातर्फ सुनसरीकी मञ्जु भण्डारी, झापाकी मेनुका काफ्ले र मीना उप्रेती तथा युवातर्फ ताप्लेजुङका क्षितिज थेबे उम्मेद्वार बन्ने भएका छन् ।
कोशी प्रदेशबाट आदिवासी जनजाति क्लष्टरमा पाँचथरका श्रीप्रसाद जबेगु, ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, धनकुटाका राजेन्द्र राई, ताप्लेजुङका पासाङ शेर्पा, भोजपुरका हेमराज राई र युवातर्फ झापाका मनोज ताम्ली उम्मेद्वार बन्ने भएका छन् । आदिवासी जनजाति महिलातर्फ खोटाङकी उषाकला राई, पाँचथरका आशा जबेगु, भुमिका सुब्बा र धनकुटाकी तारा तितुङको नाम टुंगो लगाएको छ । कोशी प्रदेशबाट मधेशी क्लष्टरमा सुनसरीका जगदिश कुसियैत र मोरङका दिलिप बगडिया उम्मेद्वार बनेका छन् ।
यस्तै दलित महिलातर्फ कोशीबाट तेह्रथुमकी विष्णुमाया विक उम्मेद्वार बन्दा थारु महिलातर्फ उदयपुरकी मञ्जु चौधरी उम्मेद्वार बनेकी छिन् । यसैगरी केन्द्रीय सदस्य खुल्लातर्फ संखुवासभाका राजेन्द्र गौतम, सुनसरीका भीम आचार्य, झापाका अग्नि खरेल, मोरङका लालबाबु पण्डित, संखुवासभाका तुलसी न्यौपाने, सुनसरीका प्रेम दंगाल, झापाका देबेन्द्र दाहाल, जितबहादुर दर्जी, गोविन्द थापा, दिपक कार्की, खोटाङका विशाल भट्टराई र ओखलढुंगाका यज्ञराज सुनुवार उम्मेद्वार बन्ने भएका छन् । यस्तै खुल्लामै झापाकै चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, झापाकै होमबहादुर थापा उम्मेद्वार बन्दा खुला महिला उम्मेद्वार झापाकी एलिजा गौतम, सुनसरीकी भगवती चौधरी, झापाकै गीता अधिकारी, सुनिता बराल, निर्मला पाठक, खोटाङकी बिनादेवी राई, इलामकी सकुन्तला लेप्चा, झापाकी जलवर्षा राजवंशी, ओखलढुंगाकी अस्मिता थापा, मोरङकी शिल्पा निराला कार्की उम्मेद्वार बनेका छन् ।
ओली पक्षले उम्मेद्वारको सूचीमा राखेका कतिपय व्यक्तिले उम्मेद्वार बन्न अस्वीकार गरिरहेका छन् । पदाधिकारी दाबी गरिरहेका झापाका अग्नि खरेललाई सदस्यको उम्मेद्वार बनाएपछि उनी इश्वर पोखरेल पक्षको उम्मेद्वार बन्ने सम्भावना देखिएको छ । पोखरेल पक्षले भने आफ्नो समूहको अन्तिम नामावली सार्वजनिक गरेको छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।