विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा केपी ओली पक्षले आफ्नो उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसहित सो समूहले केन्द्रीय सदस्यको पनि उम्मेदवार टुंगो लगाएको हो ।
कोशी प्रदेश भुगोलबाट निर्वाचित हुने ९ जना केन्द्रीय सदस्यको उम्मेदवार टुंगो लगाएको एमाले स्रोतले जनाएको छ । जसमा यसअघि सचिवको दावी गर्दै आएका मोरङकाक जीवन घिमिरे पनि छन् । मोरङका घिमिरेलाई फेरि केन्द्रीय सदस्यको उम्मेदवार बनाउन लागिएको हो ।
त्यसबाहेक सोलुखुम्बुका मानवीर राई, झापाका रोमनाथ ओली, इलामका राम राना, झापाका इन्द्र भण्डारी कोशीमा खुल्लातर्फका उम्मेदवार बनेका छन् । राई प्रतिनिधिसभाका निवर्तमान सांसद तथा पूर्व रक्षामन्त्री हुन् भने ओली झापाको दमक नगरपालिकाका पूर्व मेयर हुन् । यस्तै राना कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री हुन् भने भण्डारी ओलको स्वकीय सचिवको रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।
कोशीबाट ३ जना महिलामा ओली पक्षले सुनसरीकी मञ्जु भण्डारी, झापाकी मेनुका काफ्ले र मिना उप्रेतीलाई उम्मेदवार बनाउने भएको छ । भण्डारी धरान उपमहानगरपालिकाका पूर्वउप्रमुख, काफ्ले झापाको कमल गाउँपालिकाका पूर्वअध्यक्ष र उप्रेती मेचीनगर नगरपालिकाकी उपप्रमुख हुन् ।
युवातर्फ भने कोशीमा ताप्लेजुङका क्षितिज थेवेलाई ओली पक्षले उम्मेदवार बनाउने भएको छ । उनी युवा संघ नेपालका अध्यक्ष हुन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।