काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि बोलाइएको छ ।
यो आकस्मिक बैठक विशेष गरी पार्टीको महाधिवेशन र आसन्न निर्वाचनको तयारीमा केन्द्रित हुने बताइएको छ । बैठकमा मुख्य दुई विषयमा छलफल हुने बुझिएको छ । महाधिवेशन तालिका पार्टीको आगामी महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफल हुनेछ यस्तै उम्मेदवार चयनका षियमा पनि छलफल हुने जनाइएको छ ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला तहबाट सिफारिस भई आएका उम्मेदवारहरूबारे छलफल तथा निर्णय हुने नेताहरुले बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।