दुहवी । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शैयाको दुहवी नगर आधारभूत अस्पतालको औपचारिक उद्घाटन गरिएको छ । दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले अस्पतालको औपचारिक रूपमा उद्घाटन गरे ।
ग्रामीण क्षेत्रमा अस्पताल स्थापना गरेर जनतालाई स्वास्थ्य सेवाको पहुँचलाई आफनै नगरमा अत्याधुनिक उपकरण सहित न्युन शुल्कमा पुयाउन पाउनु सबै दुहवी बासीको साथ र सहयोगले सम्भव भएको बताए । उनले उपचारको अभावमा अकालमा कोही पनी नागरिक स्वास्थ्य सेवा बाट बञ्चित नहुन भन्नको लागि आफूले १५ शैयाको अस्पताल हाललाई प्रयोगमा ल्याएको र नगरपालिकाले आगामी दिनमा थप सेवा विस्तारलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुरे ।
दुहवी नगरपालिकाकी उप मेयर मेनुका पोखरेल खतिवडाले जनतालाई सहज स्वास्थ्य सेवा उपभोग गर्न पाउन भन्नको लागी अस्पताल सञ्चालनमा आएको बताइन् ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव डा.यदुचन्द्र घिमिरेले आधारभुत रुपमा नगरभित्रका जनता र छिमेकी स्थानिय तहका जनताहरुलाई स्वास्थ्य सेवाको उपभोग गर्नको लागी दुहवी नगरपालिकाले गरेको प्रयासलाई सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले नगरमा रहेका जनतालाई आवश्यक परेको अवस्थामा उच्चस्तरिय उपकरण र दक्ष अनुभवी डाक्टर बाट २४ सै घन्टा स्वास्थय सेवा पुयाउँनको लागी नगर प्रमुख गच्छदार र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे लगायतको टिमले गरेको प्रयासलाई प्रसंसा गर्नुपर्ने बताए ।
अस्पतालबाट इमर्जेन्सी सेवा, ओपीडी सेवा, प्रसूति सेवा, मातृशिशु तथा परिवार नियोजन सेवा, भिडियो एक्स–रे र डिजिटल एक्स–रे सेवा, प्रयोगशाला सेवा, रेबिज रोगविरुद्धको खोप सेवा, इसिजी सेवा, आँखा तथा कान उपचार सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिइएको छ। स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि दुहवी नगरवासीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।