विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो । आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिने छ । यस्तै सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले बताए ।
सोमबार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ । सोमबारनै साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोमबार बेलुकी ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने अध्यक्ष सुब्बाले बताए । पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा भिड्ने भएका छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।