लोड हुँदैछ...

मेनु

ईश्वर पोखरेलले ओलीलाई भने, ‘११ वर्ष अध्यक्ष र ६ वर्ष प्रधानमन्त्री हुनुभयो, अब अभिभावक भएर बस्नुस्’

ईश्वर पोखरेलले ओलीलाई भने, ‘११ वर्ष अध्यक्ष र ६ वर्ष प्रधानमन्त्री हुनुभयो, अब अभिभावक भएर बस्नुस्’

विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई अब सक्रिय नेतृत्वबाट विश्राम लिई पार्टीको ‘अभिभावक’ बन्न सुझाव दिएका छन् ।

महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पोखरेलले ओलीले लामो समय पार्टी र सरकारको नेतृत्व गरिसकेकाले अब उनीसँग गर्नुपर्ने नयाँ काम बाँकी नरहेको तर्क अघि सारेका हुन् ।

पोखरेलले ओलीको राजनीतिक कार्यकालको समीक्षा गर्दै भने, ‘तपाईं ११ वर्ष पार्टी अध्यक्ष हुनुभयो, ६ वर्ष देशको प्रधानमन्त्री बन्नुभयो । अब उहाँले गर्नुपर्ने नयाँ काम केही बाँकी छ जस्तो मलाई लाग्दैन ।’

उनले पार्टीको आम परिस्थिति र आवश्यकता पनि ओली अभिभावकको भूमिकामा रहनुपर्ने तर्फ इङ्गित रहेको बताए । ‘अब कमरेड ओलीले यो पार्टीको अभिभावक हुनुपर्छ भन्ने म ठान्छु । आम रूपमा त्यही परिस्थिति छ,’ पोखरेलले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलको यो अभिव्यक्तिले एमालेभित्र नेतृत्वको कार्यशैली र जिम्मेवारी बाँडफाँटको विषयमा गम्भीर बहस सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds