विराटनगर । नेकपा एमालेले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र केन्द्रीय समितिको संखया घटाउनेगरि गत भदौमा विधान महाधिवेशनले गरेको निर्णय महाधिवेशनको बन्दसत्र सुरु हुनु अगाडि केन्द्रीय समितिको बैठकले उल्ट्याएको हो ।
विधान महाधिवेशनले पदाधिकारीको संख्या १५, केन्द्रीय समिति २५१ सदस्य रहने निर्णय गरेको थियो भने स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जनासहित १९ जना पदाधिकारी बनाइएको छ ।
केन्द्रीष् समिति ३०१ जनाको बनाएर त्यसको एकतिहाइ पोलिटब्युरो र पोलिटव्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी बनाउने निर्णय भएको छ । आफ्नो गुट व्यवस्थापनमा समस्या भएपछि अोलीले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाएका हुन् ।
यसअघि नेकपा एमालेको केन्द्रीय कमिटी पहिले ३०१ सदस्यीय नै थियो । तर, गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । त्यत्रो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गर्न खोजिएको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरुले विरोध जनाएका थिए ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले अंक बढाऊ नभनेको बताएका थिए । उनले संख्या बढाउँदैमा एमालेको क्षमता बढ्ने के ग्यारेन्टी छ भन्ने प्रश्न गर्दै आफ्नो अनुकल मनमौजी गर्नुृ गलत भएको बताएका थिए ।
पदाधिकारीको संख्या बढाउने विषय यसअघि गत शुक्रबाबर बसेको सचिवालय बैठकमा पनि उठेको थियो । तर, बैठकले तीन महिनामै विधान महाधिवेशनको निर्णय उल्ट्याउनु औचित्यपूर्ण नहुने भएकोले विधान महाधिवेशनको निर्णय नै लागू गर्ने निर्र्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका थिए । त्यसको दुईृ दिन नवित्दै निर्णय उल्टिएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।