लोड हुँदैछ...

मेनु

ओलीको निर्वाचन क्षेत्रबाट जेन–जीले सुरु गर्दैछन् विद्रोहको सन्देश फैलाउने अभियान

ओलीको निर्वाचन क्षेत्रबाट जेन–जीले सुरु गर्दैछन् विद्रोहको सन्देश फैलाउने अभियान

विराटनगर । ‘जेन–जी विद्रोह’को सन्देश देशभर पुर्‍याउने उद्घोष गरेका जेन–जी अगुवाहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट आफ्नो जागरण अभियानको सुरुवात गर्ने भएका छन् । जेन–जी नेपाल फ्रन्टको आयोजनामा आज (आइतबार) झापाको निर्वाचन क्षेत्र नं. ५ स्थित दमकबाट जागरणसभाको थालनी हुन लागेको हो ।

मुलुकको राजनीतिमा स्थापित नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विद्रोहको कुरा गरिरहेका युवाहरूले जागरण अभियानको पहिलो विन्दु नै नेता ओलीको गृह क्षेत्रलाई रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आज दिउँसो २ बजे दमकमा हुने सभामा जेन–जी आन्दोलनका स्थानीय अगुवा, नागरिक समाजका प्रतिनिधि र राष्ट्रियस्तरमा आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरूले प्रत्यक्ष रूपमा आफ्ना विचार राख्नेछन् ।

ओलीको निर्वाचन क्षेत्रमा हुने यस सभामा नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बम, जेन–जी अगुवा एवं अधिवक्ता यतिष ओझा र काउन्सिल अफ जेन–जी प्रदेश नं. १ का संयोजक उपार्जुन चाम्लिङलगायतका युवाहरूले वक्ताको रूपमा सम्बोधन गर्ने तय भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds