काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै मातहतका समितिहरूलाई परिपत्र गरेको छ । पार्टीले पुस २० गतेभित्र उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसक्न निर्देशन दिएको हो ।
संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले एक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनाको नाम सिफारिस गरी पुस १० गतेभित्र जिल्ला समितिमा पठाउनुपर्नेछ । जिल्ला समितिले प्राप्त नाममा आवश्यक निर्णय गरी पुस १५ गतेभित्र प्रदेश समितिमा पठाउनुपर्ने र प्रदेश समितिले त्यसमा निर्णय गरी पुस २० गतेभित्र केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा पठाइसक्नुपर्नेछ ।
जसपाले तोकिएको समयसीमालाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । परिपत्रमा उल्लेख भएअनुसार, कुनै कारणवश तोकिएको समयभित्र प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डलाई प्राप्त नभएमा बोर्ड आफैँले उम्मेदवारको मनोनयन गरी कार्यान्वयन गर्न सक्ने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।