लोड हुँदैछ...

मेनु

सुशीला कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय पुग्यो

सुशीला कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय पुग्यो

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार ४ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी छन्। थपिएका मन्त्रीहरूमा कुमारसिंह इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठ रहेका छन्। यो विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय पुगेको छ । यसअघि कार्कीले ११ जनाभन्दा बढी मन्त्री नबनाउने घोषणा गरेकी थिइन् । हाल प्रधानमन्त्री कार्की स्वयं तथा मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र अनिलकुमार सिन्हाले एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

नवनियुक्त मन्त्रीहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ। जसअनुसार कुमारसिंह इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईंलाई वन तथा वातावरण र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद् विस्तार भए पनि प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा तथा खानेपानी गरी तीन मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेकी छन्। प्रधानमन्त्री बाहेक अन्य तीन मन्त्रीहरूले पनि एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। रामेश्वर खनालले अर्थ र संघीय मामिला मन्त्रालय हेर्नेछन् भने कुलमान घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, अनिलकुमार सिन्हाले उद्योग, कानून र पर्यटन गरी तीन वटा मन्त्रालयको कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds