सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सङ्खुवासभाले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस सङ्खुवासभाले प्रतिनिधि सभा सदस्यका लागि ९ जना उम्मेदवार सिफारिस गरेको हो ।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै नेपाली कांग्रेसले ९ जना उम्मेदवार सिफारिस गरेको हो । आज बसेको जिल्ला कार्यसमितिको बैठकले आसन्न निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको नेपाली कांग्रेस सङ्खुवासभाले जनाएको छ ।
कांग्रेस सङ्खुवासभाको बैठकले राष्ट्रिय सभामा ५ जना, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको कांग्रेस सङ्खुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाका लागि प्रत्यक्षमा कार्यवाहक सभापति अनन्तकुमार गौली, पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्का, पूर्व सांसद पासाङ शेर्पा, पूर्व जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, एकराज पोखरेल, रामकुमार थापा, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री तारामान गुरुङ, उमेश चौहान र उर्मिला पाण्डे गौलीको नाम सिफारिस गरेको छ ।
त्यस्तै, समानुपातिकतर्फ पूर्व सांसद विना पौडेल, ज्ञानबहादुर कार्की, जीवनकुमार सुन्दास, कल्पना कार्की, कुमारबाबु अधिकारी, मुना दाहाल पोखरेल, निर्मला तामाङ, रामबहादुर बस्नेत, शेरबहादुर वन सन्यासी, सीतादेवी भट्टराई र उषा कार्कीलाई सिफारिस गरेको छ ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि अञ्जना लिङ्थेप, चक्रबहादुर विसुन्के, सल्यन नेपाली, पूर्व सांसद टंकप्रसाद राई र थलकुमार लिङ्खाको नाम सिफारिस भएको कार्यवाहक सभापति गौलीले बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।