विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भउकी छन् । आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् अन्तरिम सरकार विस्तार गर्न लागिएको हो ।
नयाँ मन्त्रीहरुको सपथ ३ बजेको लागि तय भएको राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्कीले आज श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाउँदैछिन् ।
थपिन लागेका मन्त्रीमध्ये नेपाल प्रहरीका राजभण्डारी पूर्वएआईजी हुन् भने इमनाङ वरिष्ठ अधिवक्ता हुन् । चौलागाईं जनस्वास्थ्यविद् र श्रेष्ठ नेपाल पर्यटन बोर्डको कर्मचारी भएको बताइएको छ ।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यसअघि मन्त्रिपरिषद् १० सदस्यीय रहेकोमा अब १४ सदस्यीय हुने भएको छ । यसअघि बढिमा ११ जनालाई मन्त्री बनाउने बताएकी प्रधानमन्त्री कार्कीले आफ्नै प्रतिबद्धताभन्दा थप ३ जनालाई मन्त्री बनाउन लागेकी हुन् ।
पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पुर्याइएको थियो । त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।
फागुन २१ मा चुनाव गराउने भन्दै गठन भएको सरकारको म्याद अब ३ महिना बाँकी छ । जेनजी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले फागुनमा चुनाव गराएर बिदा हुने बताउँदै आएकी छिन् ।
कार्यकाल सकिन ३ महिना बाँकी रहँदा ४ मन्त्री थपिए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । रक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन लगायत मन्त्रालय प्रधानमन्त्रीसँगै छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।