लोड हुँदैछ...

मेनु

पदाधिकारी संख्या फेरि १९ पुर्‍याउने गृहकार्यमा ओली

पदाधिकारी संख्या फेरि १९ पुर्‍याउने गृहकार्यमा ओली

विराटनगर । विधान महाधिवेशनबाट तीन महिनाअघि मात्र पारित गरेको नेकपा एमालेको विधान फेरि परिवर्तन हुने देखिएको छ । आसन्न ११औं महाधिवेशनमा विभिन्न पदका आकांक्षी नेताहरू व्यवस्थापन गर्न गाह्रो परेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पदाधिकारी संख्या बढाउने तयारीमा लागेका छन् ।

शनिबारबाट सुरू हुने महाधिवेशनको पूर्वसन्ध्यामा आज सचिवालय बैठक आह्वान गरेका ओलीले पदाधिकारी संख्या बढाएर १९ पुर्‍याउन खोजेका हुन् ।

भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारेको थियो । त्यसका लागि आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने तयारी छ ।

बैठकमा पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउनेबारे छलफल हुनेछ। अहिले केन्द्रीय कमिटी २५१ सदस्यीय हुने व्यवस्था गरिएको छ । बैठकमा पदाधिकारी संख्या फेरि १९ पुर्‍याउने, २५१ सदस्यीय केन्द्रीय कमिटीको संख्या बढाउने र मनोनित प्रतिनिधि टुंग्याउने एजेन्डा रहने बताइएको छ ।
एमालेको ११औं महाधिवेशन ओलिदेखि सुरू हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds