लोड हुँदैछ...

मेनु

चुनावको रस्साकस्सी : कांग्रेसलाई उम्मेदवार टुंग्याउने हतारो,एमाले महाधिवेशनमै मग्न

चुनावको रस्साकस्सी : कांग्रेसलाई उम्मेदवार टुंग्याउने हतारो,एमाले महाधिवेशनमै मग्न

विराटनगर । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच प्राथमिकताको लडाइँ देखिएको छ। सत्ताको नेतृत्व गरिरहेको वा प्रमुख प्रतिस्पर्धी मानिने नेपाली कांग्रेस निर्वाचनको तयारीमा ‘हस्तक्षेपकारी’ शैलीमा अघि बढ्न खोजे पनि अन्य प्रमुख दलहरू भने चुनावी माहोलबाट टाढै देखिएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आज तेस्रो पटक मातहतका निकायलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गर्न गम्भीर ध्यानाकर्षण गराएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा फागुन २१ को प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि तत्काल नाम पठाउन ताकेता गरिएको छ।

कांग्रेस नेतृत्व चुनावका लागि जति हतारिएको छ । तल्लो तहका संरचनाहरूमा भने त्यही गति देखिएको छैन। केन्द्रीय समितिले असोज १५ गते नै पहिलो सूचना जारी गरेको थियो। त्यसपछि मंसिर १७ गते दोस्रो परिपत्र गरियो। तर, पटक–पटकको निर्देशनका बाबजुद कतिपय जिल्ला र क्षेत्रीय समितिले अझै उम्मेदवारको नाम सिफारिस गर्न सकेका छैनन्।

केन्द्रको निर्देशन अनुसार क्षेत्रीय समितिले जिल्लालाई, जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई नाम पठाउनुपर्ने विधानतः व्यवस्था भए पनि तल्लो तहबाटै सिफारिसमा ढिलाइ भएपछि कांग्रेस केन्द्रीय कार्यालय दबाबमा परेको हो।एकातिर कांग्रेस उम्मेदवारको सूची तयार पार्न हतारिएको छ भने नेकपा एमालेले छनोट प्रक्रिया थालेकै छैनन्।

नेकपा एमालेको सम्पूर्ण ध्यान यही मंसिर २७ गतेदेखि सुरु हुने पार्टीको ११औँ महाधिवेशनमा केन्द्रित छ। अझ रोचक पक्ष त के छ भने, एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को घोषित निर्वाचनको विरोध गर्दै विघटित प्रतिनिधिसभा पुनर्थापनाको माग गरिरहेका छन्। चुनावलाई अस्वीकार गर्ने रणनीतिमा एमाले रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds