विराटनगर । सुनसरीका ४ वटा निर्वाचन क्षेत्रीय समितिले आगामी निर्वाचनका लागि जिल्लालाई उम्मेद्वार सिफारिस गरेका छन् । जसमा सुनसरी क्षेत्र नम्बर १ बाट उमेश थापा, विनोद राई, मिनबहादुर विश्वकर्मा र मधाव घिसिङ रहेका छन् ।
यस्तै सुनसरी २ बाट राजीव कोइराला, राजीव ढुंगाना र सिताराम मेहता, सुनसरी ३ बाट विजयकुमार गच्छदार र देव गच्छदारको नाम सिफारिस भएको छ । यस्तै सुनसरी ४ बाट ज्ञानेन्द्र कार्की, गफार अन्सारी, डिल्ली कार्की र डाक्टर अबुल हुसेन अन्सारीको नाम सिफारिस भएको काँग्रेस सुनसरीले जनाएको छ ।
फाइल तस्बिर : हाम्रोमत




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।