लोड हुँदैछ...

मेनु

ईश्वर पोखरेलले भने– केपी ओली आयोगमा बयान दिन जानुपर्छ

ईश्वर पोखरेलले भने– केपी ओली आयोगमा बयान दिन जानुपर्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित आयोगमा बयान दिन जानुपर्ने बताएका छन्।

बुधबार पोखरेल समूहले पत्रकारहरूसँग आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अध्यक्ष ओलीलाई आयोगमा गएर आफ्नो कुरा राख्न सुझाव दिएका हुन्।

पोखरेलले आफू अध्यक्ष ओलीको ठाउँमा भएको भए उहिल्यै बयान दिन गइसक्ने तर्क गरे। उनले भने, ‘केपी शर्मा ओली आयोगमा बयान दिन जानुपर्छ। म भए पहिल्यै जान्थेँ।’

यता, अध्यक्ष ओलीले भने आयोगका अध्यक्ष गौरीबहादुर कार्की आफूप्रति पूर्वाग्रही रहेको भन्दै कार्की नेतृत्वको आयोगमा बयान दिन नजाने अडान लिइरहेका छन्। ओलीको यही अडानका बीच वरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds