लोड हुँदैछ...

मेनु

कांग्रेसको १५औँ महाधिवेशन : सभापतिमा चन्द्र भण्डारीको दाबी

कांग्रेसको १५औँ महाधिवेशन : सभापतिमा चन्द्र भण्डारीको दाबी

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ‘साथीहरूको जिज्ञासा र मेरो धारणा’ शीर्षकमा आफ्नो विचार सार्वजनिक गर्दै नेता भण्डारीले सभापति पदप्रति आफ्नो आकांक्षा र दृष्टिकोण स्पष्ट रहेको बताएका हुन् । यद्यपि, उनले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिगत चाहनाभन्दा माथि राख्दै देश, जनता र पार्टी संगठनको आवश्यकतालाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।

भण्डारीले परिस्थितिको मागअनुसार आफू जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताउँदै लेखेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु ।’

उनले सहकर्मी साथीहरूको सुझाव, समयको माग र तत्कालीन राजनीतिक परिस्थितिलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds