लोड हुँदैछ...

मेनु

काँग्रेस मोरङबाट डाक्टर शेखर र सुनिलको नाम एकल प्रस्ताव, डाक्टर मिनेन्द्र र महेश आचार्य पनि सिफारिस

काँग्रेस मोरङबाट डाक्टर शेखर र सुनिलको नाम एकल प्रस्ताव, डाक्टर मिनेन्द्र र महेश आचार्य पनि सिफारिस

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसको निर्वाचन क्षेत्रीय समितिले आफ्ना उम्मेद्वार जिल्ला समितिलाई सिफारिस गरेको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङको क्षेत्र नम्बर ६ मा डाक्टर शेखर कोइराला र ३ नम्बर क्षेत्रमा डाक्टर सुनिल शर्माको एकल उम्मेद्वार प्रस्ताव गरिएको छ ।

यस्तै क्षेत्र नम्बर १ मा काँग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डिकबहादुर लिम्बू, उर्लाबारीका पूर्व प्रमुख तथा काँग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र नेतृ दिव्या बस्नेत सिफारिस भएका छन् । विघटित संसदमा पनि लिम्बू नै निर्वाचित भएको थियो ।

यस्तै क्षेत्र नम्बर २ बाट पूर्वमन्त्रीसमेत रहेका डा. मिनेन्द्र्र रिजाल, प्रदेशसभाका पूर्व सांसद शिवनारायण सिंह र नेतृ नारायणी पण्डित सिफारिस भएका छन् । रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धनलाई पराजित गर्दै विजयी बनेका थिए । तर, २०७९ सालको निर्वाचनमा उनले टिकट पाएनन् । उनको ठाउँमा सुजता कोइरालाले टिकट पाएकी थिइन् । काँग्रेस–माओवादीसहितको गठबन्धनबाट उम्मेद्वार बनेकी कोइरालालाई एमालेका उम्मेद्वार ऋषिकेश पोखरेलले पराजित गरेका थिए ।

यस्तै नेपाली काँग्रेसले क्षेत्र नम्बर ४ मा भने पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलिप गच्छदार, नेता गुरुराज घिमिरे र विनोद बस्नेत सिफारिस भएका छन् । २०७४ सालको निर्वाचनमा आचार्यलाई बाम गठबन्धनको उम्मेद्वार अमनलाल मोदीले पराजित गरेका थिए । उता, दिलिप गच्छदार २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए भने नेता गुरुराज घिमिरेलाई २०७९ सालको निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट एमालेका जयप्रकाश चौधरीले पराजित गरेका थिए । २०७९ सालमा काँग्रेस र माओवादीबीच गठबन्धन थियो । यस्तै सिफारिस भएका नेता विनोद बस्नेत विराटनगर ३ नम्बर वडाका पूर्व वडाध्यक्ष हुन् ।

यस्तै काँग्रेसले मोरङको क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदी सिफारिस भएका छन् । उनीहरू मध्ये सर्वसम्मतिको प्रयास भइरहेको जिल्ला सभापति डिकबहादुर लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds