लोड हुँदैछ...

मेनु

ओली सरकारले घटाएको उखु किसानको अनुदानमा बृद्धि

ओली सरकारले घटाएको उखु किसानको अनुदानमा बृद्धि

विराटनगर । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले घटाएको उखु किसानले पाउने अनुदानमा नयाँ सरकारले बृद्धि गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्दै अनुदानमा पनि बृद्धि गरेको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएकोमा ओली सरकारले घटाएर त्यसलाई ३५ रुपैयाँमा झारेको थियो । अहिले फेरि सरकारले अनुदान रकमलाई ७० रुपैयाँ नै कायम गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

ओली सरकारले उखुको अनुदान कटौती गरेर प्रतिक्विन्टल ३५ रुपैयाँमा झारेको थियो । त्यसको पनि किसानले भुक्तानी पाएका छैनन् ।

किसानले ६ सय ५५ रुपैयाँ लागतमा उखु खेती गर्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् । तर, नयाँ सरकारले पनि मूलय भने बृृद्धि गरेन । पुरानै मूल्य ६२० रुपैयाँ प्रतिक्विन्टल कायम राखेर सरकारले अनुदानमा बृद्धि गरेको हो ।

कृषिमन्त्री डा.मदन परियारलाई किसानले १३ मंसिरभित्र उखुको मूल्य तोक्न अल्टिमेटम दिएका थिए । सोही अल्टिमेटम लगत्तै किसान र मन्त्रालयबीच वार्ता भएको थियो । त्यसपछि मूल्य निर्धारण र अनुदानमा बृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।