लोड हुँदैछ...

मेनु

सबै विवादित काण्ड र २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गरौं : प्रचण्ड

सबै विवादित काण्ड र २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गरौं : प्रचण्ड

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म चर्चामा रहेका भ्रष्टाचारका सबै काण्ड र २०४६ यता उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् ।

भ्रष्टाचार विरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भ्रष्टाचार विरोधी अभियानलाई अगाििड बढाउन यस्तो प्रस्ताव गरेका हुन् ।

आफूले संसद्को रोष्टममै राखेको मागलाई आज फेरि सशक्त रूपमा पुनः दोहोर्याएको प्रचण्डले उल्लेख गरेका छन् । प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम आफू नेतृत्वको सरकारले चालेकोक स्मरण गर्दै उनले त्यो अभियानले निरन्तरता पाउनुपर्ने बताए ।

आफ्नो प्रधानमन्त्रीकालमा सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनाएको दावी गर्दै प्रचण्डले त्यसकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा धक्का पुगेकोले सरकार ढाल्ने षड्यन्त्र भएको बताएका छन् । त्यस अवधिमा सुशासनका धेरै मानक स्थापित भएको भन्दै उनले बिनाकुनै राजनीतिक पूर्वाग्रह, भुटानी शरणार्थी प्रकरणसहित ठूला–ठूला भ्रष्टाचार मुद्दाहरूको छानबिन अघि बढेको उल्लेख गरेका छन् ।

प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँलाई ‘एक दिनको अभियान नभई निरन्तर जारी रहने संघर्ष’ को रूपमा व्याख्या गरेका छन्। ‘यो दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाओस्। भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको संकल्पलाई सुदृढ बनाओस्’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds