लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशनमा नयाँ दलहरुलाई नबोलाइने

एमाले महाधिवेशनमा नयाँ दलहरुलाई नबोलाइने

काठमाडौं । नेकपा एमालेले महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका १६ दललाई निम्तो दिने भएको छ । नयाँ खुलेका दलहरुलाई भने एमालेले नबोलाउने भएको छ ।

यसअघिको सत्ता सहयात्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले नेताहरुले उनको निवासमै गएर आज निमन्त्रणा गरेको छ आजै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर निम्तो दिइने नोताहरुले बताएका छन् ।

विघठित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलहरुलाई बोलाइने भएको छ । जसअनुसार कांग्रेस, रास्वपा, राप्रपा, दुई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलाई निम्त्याइने भएको छ । रास्वपाका सभापति रवि लामिछाने कारागारमा रहेकाले कार्यवाहक सभापति डिपी अर्याललाई निम्तो गरिने छ ।

विघठित प्रतिनिधिसभामा नभएका मध्ये राप्रपा नेपालका अध्यक्ष कमल थापाले निम्तो पाउनेछन् । यस्तै, नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई बोलाउने एमालेको तयारी रहेको छ ।

नयाँ खुलेका दलहरुलाई भने एमालेले बोलाउने छैन । कुलमान नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति, जनार्दन शर्माको प्रगतिशील नागरिक पार्टीलगायतलाई निम्ता नगर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds