लोड हुँदैछ...

मेनु

पश्चिमी वायुको प्रभाव हटेसँगै मौसममा सुधार

पश्चिमी वायुको प्रभाव हटेसँगै मौसममा सुधार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। गत शनिबार साँझदेखि सोमबार साँझसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा मंगलबार बिहानदेखि भने उक्त प्रणालीको प्रभाव हटेको महाशाखाले स्पष्ट पारेको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।’

बुलेटिनअनुसार अहिले बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। चिसो बढ्दै जाँदा तराई र उपत्यकाहरूमा भने कुहिरो र हुस्सुको प्रभाव देखिएको छ। कोशी प्रदेश, मधेस प्रदेशको तराई क्षेत्र र सुदूरपश्चिम प्रदेशका उपत्यकाका एक–दुई स्थानमा कुहिरो लागेको छ भने बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।