लोड हुँदैछ...

मेनु

नख्खु जेलबाट भागेका ‘अपहरणकारी’ विराटनगरमा पक्राउ

नख्खु जेलबाट भागेका ‘अपहरणकारी’ विराटनगरमा पक्राउ

विराटनगर । ‘जेनजी आन्दोलन’ को क्रममा काठमाडौंको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीलाई प्रहरीले तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते भदौ २४ नख्खु कारागारबाट फरार भएका थिए। आन्दोलनको क्रममा सिर्जना भएको असहज परिस्थितिको फाइदा उठाउँदै उनी भाग्न सफल भएका थिए।

लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित एक स्थानमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।