विराटनगर । जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् ।
लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि सोमबार विश्राम राखिएको हो । मंगलबार पहिलो क्वालिफायर खेल हुनेछ ।
मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
सुदूरपश्चिम लिग चरणका ७ खेलमध्ये ६ र विराटनगरले ७ मध्ये ५ खेल जितेका छन् । सुदूरपश्चिम विराटनगरसँग मात्रै लिग चरणमा पराजित भएको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।