लोड हुँदैछ...

मेनु

गुणस्तरीय काम गर्न निर्देशन

गुणस्तरीय काम गर्न निर्देशन

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन पूर्वपश्चिम एसियन राजमार्गको स्थलगत निरीक्षण गर्दै निर्धारित समयमा गुणस्तरीय काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन्।

सभामुख घिमिरेले विभिन्न योजनाको अनुगमन गर्ने क्रममा एसियन राजमार्गको पनि अनुगमन गरेका हुन्। झापादेखि सुनसरीसम्म विस्तार भइरहेको उक्त सडक अवलोकनका क्रममा उनले निर्माण प्रगति, देखिएका चुनौती र समस्या समाधानका उपायबारे निर्माण पक्षसँग विस्तृत छलफल गरे।

उनले नेपाल सरकारको लगानी र एसियाली विकास बैङ्क (एडिबी) को सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लबिपुरसम्म ९५ किलोमिटर लामो सडक एसियन राजमार्गको स्तरोन्नति काम धमाधम भइरहेको पाउँदा आफूलाई खुसी लागेको बताए।

सभामुख घिमिरेले भने, “निर्धारित समयमा गुणस्तरीय काम होस् भन्ने जनअपेक्षा रहेकाले यसै अनुसार काम हुन्छ भन्ने विश्वास लिएको छु।” आयोजनाको समग्र भौतिक प्रगति हालसम्म २५ प्रतिशत पुगेको छ। समयसीमाभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्न आवश्यक समन्वय र कामको गति बढाउन मेरो आग्रह छ, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds