संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ शय्याको अत्याधुनिक आधारभूत अस्पताल सञ्चालनमा आएको छ।
जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष भिम सिङ्था लिम्बुले शनिबार अस्पतालको उद्घाटन गरे।
नवनिर्मित अस्पतालमा चिकित्सकसहितको दक्ष स्वास्थ्य टोलीले सेवा प्रदान गर्नेछ। अस्पतालले पोस्टमार्टम सेवा, ल्याब, फार्मेसीलगायतका सुविधा उपलब्ध गराएको छ। अध्यक्ष लिम्बुले निकट भविष्यमा एक्स–रे, भिडियो एक्स–रे लगायत थप प्रविधिमैत्री सेवा विस्तार गरिने जानकारी दिए।
६ करोड ९७ लाख ८ हजार १ सय ४३ रुपैयाँ ६३ खर्चमा बनेको अस्पतालले स्थानीयवासीलाई लामो दूरी तरेर उपचार लिनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यका अनुसार, सभापोखरीमा अहिलेसम्म ७ वटा स्वास्थ्य सेवा केन्द्रमार्फत उपचार दिइँदै आएको थियो।
नयाँ अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकाको स्वास्थ्य संरचना अझ सबल भएको उनकाे भनाइ छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।