काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल० अन्तर्गत आज ९बिहीबार० दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्। लिग चरणका खेलहरू अन्तिम चरणमा पुग्दा प्लेअफको समीकरण थप रोचक बन्दै गएको छ।
आजको पहिलो खेल बिहान ११स्४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुँदैछ। यो खेल पोखरा एभेन्जर्सका लागि अस्तित्व रक्षाको लडाइँ जस्तै बनेको छ। पाँच खेलबाट चार अङ्क मात्र जोड्न सफल भएको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने चर्को दबाब छ। यता बलियो स्थितिमा रहेको काठमाडौँ गोर्खाजले भने ६ खेलबाट ८ अङ्क जोडिसकेको छ र आजको खेलमा जित निकाल्दै आफ्नो स्थिति थप मजबुत बनाउने दाउमा छ।
त्यस्तै, आजको दोस्रो खेल अपराह्न ४ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ। सुदूरपश्चिम रोयल्स १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै यसअघि नै प्लेअफमा सुरक्षित भइसकेको छ। तर, चितवन राइनोजका लागि भने यो खेल निकै चुनौतीपूर्ण रहेको छ। पाँच खेलबाट चार अङ्क मात्र भएको चितवनलाई प्लेअफको दौडमा रहिरहन आजको खेल जित्नैपर्ने बाध्यता छ।
दुवै खेलमा एक टोलीलाई जित्नै पर्ने दबाब रहेकाले आजको खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!