एमाले ११ औं महाधिवेशन: जिफन्ट कोशीबाट ७ प्रतिनिधि सर्वसम्मत चयन

एमाले ११ औं महाधिवेशन: जिफन्ट कोशीबाट ७ प्रतिनिधि सर्वसम्मत चयन

विराटनगर । नेकपा एमालेको आगामी ११ औं महाधिवेशनका लागि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेशबाट ७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न छनौट प्रक्रियाबाट महाधिवेशनका लागि तोकिएको कोटामा सबै प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो ।

सर्वसम्मत चयन हुने प्रतिनिधिहरूमा किशोर धमला, हरिबहादुर अधिकारी, अमिर लिङदेन, भीम ज्वाला राई, माया भण्डारी, सुनिता गिरी र प्रेमकला डाँगी रहेका छन् ।

चयन भएका प्रतिनिधिहरू संगठनमा लामो समयदेखि क्रियाशील नेतृत्व हुन् । जसमध्ये किशोर धमला जिफन्ट कोशी प्रदेशका अध्यक्ष हुन् भने भीम ज्वाला राई चर्चित मजदुर नेता हुन् । त्यस्तै, प्रेमकला डाँगी नेपाल सौन्दर्यकर्मी युनियन कोशी प्रदेशकी अध्यक्ष हुन् ।

जिफन्टले सर्वसम्मत रूपमा प्रतिनिधिहरूको नाम सिफारिस गरेलगत्तै पार्टीले उनीहरूलाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिसकेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्