लोड हुँदैछ...

मेनु

पूर्वप्रधानमन्त्री र मन्त्रीहरुले चुनाव नलडौं, जनता खुसी हुन्छन् : हरिबोल गजुरेल

पूर्वप्रधानमन्त्री र मन्त्रीहरुले चुनाव नलडौं, जनता खुसी हुन्छन् : हरिबोल गजुरेल

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले आउँदा फागुन २१ को निर्वाचनमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र सांसद भइसकेका ‘टेस्टेड’ नेताहरूले चुनाव लड्न नहुने प्रस्ताव अघि सारेका छन्।

‘अहिलेका प्रधानमन्त्री, मन्त्री भइसकेका र सांसद भइसकेका पुराना नेताहरू कोही पनि चुनाव नलड्दा राम्रो हुन्छ,’ नेता गजुरेलले हाम्रोमतसँग कुरा गर्दै भने, ‘यति निर्णय गर्ने हो भने जनतामा ठूलो उत्साह आउँछ। युवाहरू खुसी हुन्छन् र हाम्रो मत १० देखि १५ प्रतिशतले तत्काल बढ्छ।’

यदि पार्टीले चुनाव लड्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरे आफूले ‘सबैभन्दा कमजोर’ क्षेत्र रोज्ने उनले घोषणा गरे। ‘मलाई जहाँ जित्न गाह्रो छ, जहाँ पार्टी कमजोर छ, त्यही क्षेत्र दिनुस् भनेको छु,’ गजुरेलले भने, ‘म रोजेर र छानेर सुरक्षित ठाउँमा जान्नँ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट पार्टीलाई ‘वृद्धाश्रम’ को संज्ञा दिएको विषयमा कडा प्रतिवाद गरे। उनले भने, ‘केपी ओलीजी आफैं सबभन्दा वृद्ध र रोगी हुनुहुन्छ। उहाँले त म पहिला हट्छु, तिमीहरू किन नहटेको भन्नुपर्ने हो। आफैं पद नछोड्ने अनि अरूलाई वृद्धाश्रम भन्ने कुरा सुहाउँदैन।’

उनले पछिल्लो समय भीम रावल, राजेन्द्र श्रेष्ठजस्ता राष्ट्रवादी र बौद्धिक छवि भएका नेताहरूको ध्रुवीकरणले ओलीको टिप्पणीलाई गलत साबित गरिदिएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds