जाडोमा बालबालिकाको स्वास्थ्य : निमोनिया र फ्लूबाट कसरी जोगाउने ? (भिडियो)

जाडोमा बालबालिकाको स्वास्थ्य : निमोनिया र फ्लूबाट कसरी जोगाउने ? (भिडियो)
  • डा. सुरेश प्रसाद साह, बरिष्ठ बालरोग विशेषज्ञ, न्यूरो अस्पताल विराटनगर

जाडो यामको सुरुवातसँगै मौसममा चिसोपना बढेको छ। यो समय बालबालिकाको स्वास्थ्यका लागि निकै संवेदनशील मानिन्छ। चिसो मौसममा रुघाखोकी, निमोनिया, मौसमी फ्लू र श्वासप्रश्वाससम्बन्धी अन्य समस्याले बालबालिकालाई बढी सताउने गर्छन्। यस्ता समस्याबाट आफ्ना नानीबाबुलाई कसरी सुरक्षित राख्ने र अभिभावकले के – कस्ता सावधानी अपनाउनुपर्छ भन्ने विषयमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेश प्रसाद साहका महत्वपूर्ण सुझावहरू यहाँ प्रस्तुत गरिएको छ।

जाडोमा श्वासप्रश्वाससम्बन्धी समस्या किन बढ्छ ?

जाडोमा बालबालिकामा यस्ता समस्याहरू बढ्नुका पछाडि केही प्रमुख कारणहरू छन्। पहिलो र मुख्य कारण चिसो मौसममा भाइरसहरूको सक्रियता बढ्नु हो। विशेषगरी, रेस्पिरेटरी सिन्सियल भाइरस (आरएसभी), इन्फ्लुएन्जा र राइनो भाइरसजस्ता भाइरसहरू चिसो र सुख्खा हावामा छिटो फैलिन्छन्। यिनीहरू एक बच्चाबाट अर्कोमा सजिलै सर्ने भएकाले विद्यालय वा घरपरिवारमा छिट्टै संक्रमण फैलिन पुग्छ।

दोस्रो कारण हाम्रो जीवनशैली हो। जाडोमा न्यानोका लागि हामी प्रायः घरभित्रै बस्छौँ र कोठाका झ्यालढोकाहरू बन्द गरेर गुम्स्याएर राख्छौं। यसो गर्दा स्वच्छ हावाको आवतजावत (भेन्टिलेसन) हुन पाउँदैन र परिवारको कुनै एक सदस्यलाई संक्रमण भएमा त्यो भाइरस कोठाको हावामा रहिरहन्छ र बालबालिकालाई सजिलै सर्छ ।

तेस्रो कारण, जाडोमा बालबालिकाहरूले पानी कम पिउने गर्छन्, जसले गर्दा शरीरमा पानीको कमी ९डिहाइड्रेसन० हुन सक्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। साथै, घरभित्रको न्यानो र बाहिरको चिसो तापक्रमको तीव्र उतारचढावले पनि बालबालिकाको शरीरमा असर गर्छ, जसले गर्दा एलर्जीजन्य रुघाखोकीको समस्या पनि बढ्छ।

अभिभावकले अपनाउनुपर्ने मुख्य सावधानीहरू
– सन्तुलित र पौष्टिक आहार
– बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन उनीहरूलाई पोषिलो खानेकुरा खुवाउनुपर्छ।
– खानामा हरिया सागसब्जी, फलफूल, दाल, गेडागुडी र प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ।
– न्यानो र झोलिलो खानेकुरा
– सरसफाइमा विशेष
– न्यानो कपडा
– स्वच्छ हावाको आवतजावत
– नियमित खोप

पहिलो पटक लगाउँदा एक महिनाको फरकमा दुई डोज र त्यसपछि प्रत्येक वर्ष जाडो मौसम सुरु हुनुअघि एक डोज लगाउनु राम्रो हुन्छ। यो खोपले फ्लूको संक्रमणबाट मात्र नभई, यसका कारण हुन सक्ने निमोनिया, कानको संक्रमण र अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट पनि जोगाउँछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्